संस्थापक सेयर सर्वसाधारणमा परिणत नहुने व्यवस्थाको विरोध

शनिबार, १८ साउन, २०८२
डिजिटल संस्करण

नेपाल चेम्बर अफ कमर्सले सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)द्वारा हालै जारी गरिएको ‘धितोपत्र अभौतिकीकरण कार्यसञ्चालन निर्देशिका २०८२’ मा प्रस्तावित नयाँ व्यवस्थालाई अव्यावहारिक, लगानी प्रतिकूल र सेयर बजारमै अनिश्चितता पैदा गराउने ठहर गरेको छ ।

सिडिएससीले अभौतिकीकृत धितोपत्रलाई संस्थापक र सर्वसाधारणलाई फरक आइएसआइएन नम्बर प्रदान गर्ने तथा लकिङ पिरियडपछि संस्थापक सेयर स्वत: सर्वसाधारणमा परिणत नहुने व्यवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको चेम्बरले उल्लेख गरेको छ ।

सिडिएससीको निर्देशिका लागू भएमा नेपालको सेयर बजारमा दीर्घकालीन असर पर्ने, लगानीकर्ताको भरोसा कमजोर हुने र विशेषत: ऊर्जा क्षेत्र, सिमेन्ट, होटेल, उत्पादनमूलक उद्योग, मिडियालगायतका क्षेत्रमा नकारात्मक प्रभाव पर्ने चेम्बरको ठहर छ ।

सुझावित समाचार