आगलागीबाट प्रभावितलाई राहत वितरण

बिहिबार, १९ असार, २०८२
डिजिटल संस्करण

नेपाल–भारत मैत्री संघले बाजुराको बुढीगंगा नगरपालिका– ६, बाम्का बजारमा गत जेठ २३ गते भएको आगलागीबाट प्रभावित ४० घरपरिवारलाई   राहत सामग्री वितरण गरेको छ ।

सुदूरपश्चिम प्रदेश मैत्री संघको समन्वयमा पीडित परिवारलाई खाद्यान्न र अत्यावश्यक सामग्री बुधबार प्रदान गरिएको संघका केन्द्रीय उपाध्यक्ष हरिशंकर ठाकुरले जानकारी दिए ।

उक्त वडाका वडाध्यक्ष भवनसिंह केसीको उपस्थितिमा प्रत्येक परिवारलाई एक बोरा चामल, दुई केजी दाल, एक केजी चिनी, एक दर्जन नुहाउने साबुन, सरफ एक प्याकेट, कम्बल एक थान र त्रिपाल एक थान प्रदान गरिएको उपाध्यक्ष ठाकुरले जानकारी दिए । विपत्तिपछि प्रभावित परिवारको दैनिक जीवन सहज बनोस् भन्ने उद्देश्यसहित राहत सामग्री सहयोग गरिएको संघले जनाएको छ ।

सुझावित समाचार