नौजनाको हत्या अभियोगमा जापानमा एक व्यक्तिलाई मृत्युदण्ड

तीन किशोरी र पाँच महिलालाई बलात्कारपछि हत्या, एक महिलाको प्रेमीलाई पनि चुप लगाउन हत्या

शुक्रबार, १३ असार, २०८२
डिजिटल संस्करण

टोकियोनजिकैको आफ्नो अपार्टमेन्टमा नौजनालाई मारेर टुक्रा पारेको हत्याको अभियोगमा दोषी ठहरिएका एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको जापानको न्याय मन्त्रालयले जनाएको छ ।

‘ट्विटर किलर’ भनेर चिनिने ताकाहिरो सिराइसीलाई सन् २०१७ मा भएका नौजनाको हत्याका लागि सन् २०२० मा मृत्युदण्डको सजाय सुनाइएको थियो । पीडितमध्ये अधिकांशले सामाजिक सञ्जालमा आत्महत्याका विचारहरू पोस्ट गरेका थिए । उनलाई महिलापीडितहरूलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पनि दोषी ठहराइएको थियो ।

उनको अपार्टमेन्टमा आठ किशोरकिशोरी र महिलाका साथै कोल्ड स्टोरेज मामिलामा एक पुरुषको शव फेला पारेपछि प्रहरीले त्यस वर्षको अन्त्यमा उनलाई पक्राउ गरेको थियो । अनुसन्धानकर्ताहरूका अनुसार सिराइसीले पीडितहरूलाई उनीहरूको आत्महत्याको इच्छामा सहयोग गर्ने प्रस्ताव गर्दै ट्विटरमार्फत सम्पर्क गरेका थिए । तीन किशोरी र पाँच महिलालाई बलात्कार गरेपछि उनले हत्या गरे । उनले एक महिलाको प्रेमीलाई पनि चुप लगाउन हत्या गरे ।

‘यस घटनाले अत्यन्त गम्भीर परिणामहरू निम्त्यायो र समाजमा ठुलो आघात र अशान्ति फैलायो,’ न्यायमन्त्री केइसुके सुजुकीले आकस्मिक पत्रकार सम्मेलनमा भने। रासस/एपी

सुझावित समाचार