इँटाभट्टामा जलाएर हत्या गरिएका पिन्टुका बुवाको प्रश्न– नमारेको भए मेरो छोरा खोइ ? [भिडियाे]

बुधबार, ४ असार, २०८२
डिजिटल संस्करण

आफूले बनाउन लगाएको बम विस्फोट हुँदा मारिएकालाई मात्रै होइन, घाइते भएकाहरूलाई पनि जिउँदै इँटाभट्टामा जलाएको अभियोग लागेका कांग्रेस पूर्वसांसद अफताब आलमलाई उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दियो । जघन्य अपराधको यो मुद्दामा दुनियाँ झस्काउने गरी आएको उच्च अदालतको फैसलाले बेचैन भएका ८४ वर्षीय श्रीनारायण सिंह न्यायको ढोका ढकढक्याउँदै न्यायपरिषदमा पुगेका छन् । जिउँदै जलाइएका त्रिलोकप्रताप सिंह (पिन्टु)का बुवा श्रीनारायणले सोमबार न्यायपरिषदमा उजुरी दिएका हुन् ।

आलमलाई सफाइ दिने उच्च अदालतको फैसला त्रुटिपूर्ण रहेको श्रीनारायणको दाबी छ । जिल्ला अदालत रौतहटले घटना प्रमाणित गर्दै आलमसहित पाँच अभियुक्तलाई जन्मकैद फैसला गरेको थियो । तर, उच्च अदालत जनकपुरको वीरगन्ज इजलासका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले १४ जेठमा अफताब आलमसहित महताब आलम, शेष सेराज र बद्री सहनीलाई सफाइ दिएको थियो । सोही फैसलाविरुद्ध श्रीनारायणले परिषदमा उजुरी दिएका हुन् । उनले प्रश्न गरेका छन्– नमारेको भए मेरो छोरा र अरू युवाहरू कहाँ छन् ?

भिडियाे हेर्नुस् :

सुझावित समाचार