जडीबुटी प्रशोधन कम्पनीमा आगजनी [तस्बिरहरू]

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राजावादी आन्दोलनकारीले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा आगजनी गरेका छन्।

कार्यालयको पार्किङ राखिएका सरकारी गाडीमा आगो लगाएर ढुंगामुढा गरेका प्रदर्शनकारीले जडीबुटी कम्पनीको कार्यालयमै आगो लगाएका हुन्।

राजावादी प्रदर्शनकारीहरूले काठमाडौंका विभिन्न स्थानमा तोडफोड र आगजनी गरेपछि प्रशासनले बानेश्वर–तीनकुनेआसपासका क्षेत्रमा कर्फ्यु लगाएको छ।

हेर्नुस् तस्बिरहरू :

सुझावित समाचार