एनएसएलको तयारीमा यामाहा रेजेडआर र काठमाडौं रेजर्सले गरे ट्रफी टुर

शुक्रबार, १४ चैत, २०८१
डिजिटल संस्करण

पहिलो संस्करणको नेपाल सुपर लिग (एनएसएल) फुटबलको विजेता टिम काठमाडौं रेजर्सले आगामी एनएसएलको तयारीमा ट्रफी टुर गरेको छ । काठमाडौं रेजर्सको टाइटल प्रायोजक यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ट्रफी टुर र स्कुटर र्याली गर्दै एनएसएल सिजन ३ को सुरुवात गरेको हो । 

नक्सालस्थित यामाहा ब्लु स्क्वायरबाट सुरु भएको र्याली वसन्तपुर र काठमाडौंका प्रमुख स्थान हुँदै यामाहा ब्लु स्क्वायरमै आएर सकिएको थियो । उत्साही राइडर, फ्यान र टिमका समर्थक सामेल भएको र्यालीमा फुटबलको स्पिरिट र यामाहाको नेपाली खेलकुदप्रतिको प्रतिबद्धता स्पष्ट तरिकाले प्रदर्शन भएको कम्पनीको दाबी छ ।

र्यालीपश्चात् यामाहा ब्लु स्क्वायरमै यामाहाले एनएसएल सिजन ३ मा काठमाडौं रेजर्सको यात्राको सुरुवात गर्दै टिमको आधिकारिक जर्सी अनावरण गरेको थियो । अभिनेत्री प्रियंका कार्की, यामाहा रेजेडआर १२५ एफआईका ग्राहक र मिडियाको उपस्थितिमा गरिएको अनावरण कार्यक्रमले युवा संलग्नता, खेलकुद विकास र नवीनतालाई समर्थन गर्ने यामाहाको प्रतिबद्धतालाई अझ बलियो बनाएको कम्पनीले जनाएको छ ।

यामाहा रेजेडआर १२५ एफआई हाइब्रिडले ७१.३३ केएमपिएल (एआरएआई–प्रमाणित) माइलेज र एड्भान्स हाइब्रिड प्रविधिका साथ नेपालमै उच्चतम माइलेज प्रदान गर्ने कम्पनीको दाबी छ । यसमा रियल–टाइम डायग्नोस्टिक्सका लागि ओबिडी–आइआई पनि छ, जसले प्रत्येक राइड कुशल, भरपर्दो र पर्फमेन्स ड्रिभन भएको सुनिश्चित गर्छ । 

See More On

सुझावित समाचार