इतिहासमा आज

बुधबार, १२ चैत, २०८१
डिजिटल संस्करण

सन् १९७१ : अबामी लिगका नेता शेख मुजिबुर रहमानले बंगलादेश (तत्कालीन पूर्वीपाकिस्तान) पाकिस्तानबाट अगल भएको घोषणा गरे । लगत्तै पाकिस्तानी सेनाले दमनकारी अभियान चलाउँदा लाखौंको ज्यान गयो । भारतीय सेनाको समेत सहयोगपछि सो वर्ष डिसेम्बर १६ मा पाकिस्तान सेनाले आत्मसमर्पण गर्यो । 

सन् १५५२ : गुरु अमर दास तेस्रो शिख गुरु बने । 

सन् १८८५ : इस्टम्यान फिल्म को.ले विश्वको पहिलो व्यावसायिक ‘चलचित्र’ (मोसन पिक्चर) निर्माण गर्यो । 

सन् १९१० : अमेरिकाले अपराधी, अराजकवादी, विपन्न र बिरामी (विशेषगरी छारेरोग) हरूको देश प्रवेशमा कडाइ गर्ने कानुन ‘अनार्किस्ट एक्सक्लुसन एक्ट’ पास गर्यो । 

सन् १९१३ : बुल्गेरियाको सेनाले सर्बियाली फौजको सहयोगमा एड्रियानोपल कब्जा गरेसँगै पहिलो बाल्कन युद्ध समाप्त हुने बाटो खुल्यो । मेमा लन्डन सन्धिसँगै युद्ध टुंगियो । 

सन् १९४५ : दोस्रो विश्वयुद्धको सबैभन्दा भीषणमध्ये एक युद्धमा विजयी हुँदै अमेरिकी नौसेनाले जापानी सेनाबाट ‘अयो जिमा’ टापु कब्जामा लियो । 

सन् १९५३ : डा. जोनास सल्कले नयाँ पोलियो खोप पत्ता लगाएको घोषणा गरे । 

सन् १९७९ : अमेरिकाको वासिंटन डिसीमा इजिप्ट–इजरायलबिच शान्ति सम्झौतामा हस्ताक्षर भयो । 

सन् १९८९ : सोभियत संघमा पहिलो र अन्तिमपटक स्वतन्त्र विधायिक निर्वाचन भयो । मस्को क्षेत्रबाट कम्युनिस्टविरोधी उम्मेदवार बोरिस यल्तसिन निर्वाचित भए । 

सन् २०१८ : ११ चिकित्सकको समूहको १४ घण्टा लामो शल्यक्रियापछि अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयको चिकित्सकीय शाखाले विश्वमा पहिलोपटक लिंग प्रत्यारोपण सम्पन्न गर्यो । 

सुझावित समाचार