विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार सम्हाले

मंगलबार, ११ चैत, २०८१
डिजिटल संस्करण
विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक शाक्यले पदभार सम्हाले

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाल विद्युत् प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले पदभार ग्रहण गरेका छन्।

कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई बर्खास्त गर्दै शाक्यलाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय प्रमाणित भएर नियुक्तिपत्र बुझेपछि उनी पदभार ग्रहण गर्न प्राधिकरणको केन्द्रीय कार्यालय पुगेका हुन्। शाक्यको स्वागतका लागि कर्मचारीहरू प्रवेशद्वारमा लामबद्ध भएर बसेका थिए।

मन्त्रिपरिषदको सोमबारको बैठकले घिसिङलाई बर्खास्त गरी शाक्यलाई कार्यकारी निर्देशक नियुक्त गर्ने निर्णय गरेको थियो। सोमबारको निर्णय मंगलबार दिउँसो मात्रै सार्वजनिक भएको थियो।

सुझावित समाचार