च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारतले पायो २५२ रनको लक्ष्य

आइतबार, २५ फागुन, २०८१
डिजिटल संस्करण

आइसिसी च्याम्पियन ट्रफीको फाइनलमा भारतले २५२ रनको लक्ष्य पाएको छ। टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड भारतीय स्पिनरसामु निरीह हुँदा मध्यम स्कोरमै चित्त बुझाउन बाध्य भयो। सात विकेट गुमाएर उसले २५१ रन बनायो।  

न्युजिल्यान्डका लागि सबैभन्दा धेरै ड्यारी मिचेलले ६३ रन बनाए। उनले १०१ बलमा ६३ रन बनाएका हुन्। सातौँ नम्बरमा ब्याटिङ गर्न आएका मिचेल ब्रेसवेलले ४० बलमा नटआउट ५३ रनको नटआउट पारी खेले। त्यस्तै, रचिन रभिन्द्राले २९ बलमा ३७ तथा ग्लेन फिलिप्सले ५२ बलमा ३४ रनको योगदान दिए। 

खेलमा न्युजिल्यान्डले उत्कृष्ट सुरुवात गरेको थियो। ७.५ ओभरमा पहिलो विकेट गुमाउँदा उसले ५७ रन जोडेको थियो। त्यसपछि भारतीय स्पिनरहरू हाबी हुँदा न्युजिल्यान्डको रनको गति सुस्त हुनुका लागि नियमित विकेट गुमायो।

बलिङतर्फ भारतका कुलदीप यादवले २ विकेट लिएर ४० रन तथा बरुण चक्रवर्तीले २ विकेट लिएर ४५ रन दिए भने रवीन्द्र जडेजाले १० ओभरमा ३० रन मात्र दिए। जडेजाले एक विकेटसमेत लिए। 

सुझावित समाचार