आइसिसी च्याम्पियन्स ट्रफीको फाइनल खेलमा न्युजिल्यान्डले टस जितेर ब्याटिङ रोजेको छ। दुबई क्रिकेट स्टेडियममा हुन लागेको फाइनलमा दुवै टिम उपाधिको लक्ष्यसहित मैदानमा उत्रिएका छन्।
प्रतियोगितामा अपराजित हुँदै भारत फाइनलमा पुगेको हो। समूह चरणका तीनै खेल जितेको भारतले सेमिफाइनलमा अस्ट्रेलियालाई हराएको थियो।
समूह चरणको खेलमा न्युजिल्यान्ड भारतसँग पराजित भएर पनि फाइनल पुगेको हो। सेमिफाइनलमा न्युजिल्यान्डले दक्षिण अफ्रिकालाई हराएको थियो।