सन् २००२ : अफगानिस्तानमाथि अमेरिकाको आक्रमण । अप्रेसन एनाकोन्डाको हिस्साको रूपमा अमेरिकी परम्परागत युद्ध सेना सबैभन्दा पहिलो चरणमा परिचालित ।
सन् १७९६ : नेपोलियन बोनापार्ट इटलीमा फ्रान्सेली सेनाका प्रधान सेनापतिमा नियुक्त ।
सन् १८०७ : अमेरिकी कंग्रेसद्वारा अमेरिकाभित्र दास व्यापारलाई सन् १८०८ जनवरी १ बाट लागू हुने गरी प्रतिबन्ध गर्ने घोषणा ।
सन् १९०८ : सैन्य कटौतीबारे अन्तर्राष्ट्रिय सम्मेलन लन्डनमा सुरु ।
सन् १९४६ : हो ची मिन्ह उत्तरी भियतनामका राष्ट्रपतिमा चयन ।
सन् १९५६ : मोरोक्कोद्वारा ट्रेटी अफ फेज (फेज सन्धि) खारेज गर्दै आफू फ्रान्सेली उपनिवेशबाट मुक्त भएको घोषणा ।
सन् १९६५ : १५० भन्दा बढी अमेरिकी र दक्षिण भियतनामी विमानले ‘रोलिंग थन्डर’ आक्रमणको सिलसि लामा उत्तरी भियतनाममा दुइटा आधारमा बम हमला गरे ।
सन् १९८१ : अमेरिकाले एल साल्भाडोरलाई २० जना सल्लाहकार र २५ मिलियन डलरबराबरको सैन्य सहयोग प्रदान गर्यो ।