च्याम्पियन्स ट्रफीमा भारतको विजयी सुरुवात

बिहिबार, ८ फागुन, २०८१
डिजिटल संस्करण

आइसीसी च्याम्पियन्स ट्रफीमा भारतले विजयी सुरुवात गरेको छ। बिहीबारको खेलमा उसले बंगलादेशलाई ६ विकेटले हरायो । 

टस जितेर पहिले ब्याटीङ गरेको बंगलादेशले भारतलाई २२९ रनको लक्ष्य दिएको थियो । भारतले ४ विकेट गुमाएर ४६.३ ओभरमै लक्ष्य हासिल गरेको हो । भारतको जितमा शुभमन गिलले अभिजित १०१ रनको पारी खेले । 

ब्याटीङ रोजेको बंगलादेश सुरुमै धरासायी भएको थियो। ३५ रनमै पाँच विकेट गुमाएकोमा तोहिड हृदोय र जाकर अलीको साझेदारीमा उसले २२८ रन बनाएको थियो । हृदोयले १०० तथा अलीले ६८ रनको योगदान दिएका थिए। 

प्रतियोगिताको तेस्रो खेल शुक्रबार दक्षिण अफ्रिका र अफगानिस्तानबिच हुँदैछ। 
 

सुझावित समाचार