एमाले केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान गर्न उच्च अदालतको परमादेश

बुधबार, ९ माघ, २०८१
डिजिटल संस्करण

नेकपा(एमाले)का केन्द्रीय सदस्य ऐन महरविरुद्ध बलात्कार मुद्दामा अनुसन्धान अघि बढाउन उच्च अदालतले परमादेश दिएको छ। यसअघि उनीविरुद्ध परेको जाहेरी काठमाडौं प्रहरी र सरकारी वकिल कार्यालयले तामेलीमा राख्दै मुद्दा नचलाउने निर्णय गरेको थियो।

तामेलीमा राख्ने निर्णयविरुद्ध परेको रिटमा बुधबार सुनुवाई गर्दै उच्चले रिट जारी गरेको हो । तामेली राख्ने निर्णय नमिलेको भन्दै ऐरमाथि बलात्कार मुद्दामा थप अनुसन्धान गर्न उच्चले परमादेश दिएको छ । 

न्यायाधीशद्वय ब्रजेश प्याकुरेल र कृष्णराम कोइरालाको इजलासले पीडितले दिएको जाहेरी तत्काल दर्ता गरी नेता महरविरुद्ध अनुसन्धान अघि बढाउन प्रहरी र सरकारी वकिलका नाममा परमादेश जारी गरेको हो।

महरले सत्ताको आडमा आफुले दिएको जाहेरीमाथि अनुसन्धान रोक्दै आएको भन्दै पीडितले त्यसविरुद्ध विभिन्न निकायमा उजुरी समेत दिएकी थिइन्। 
 

सुझावित समाचार