जनवरी २० : इतिहासमा आज

सोमबार, ७ माघ, २०८१
डिजिटल संस्करण

सन् १९६९ : पाकिस्तानमा एक विद्यार्थी कार्यकर्ताको हत्या पूर्वी पाकिस्तानको विभाजनको कारक र सार्वभौमसत्ता तथा स्वतन्त्र बंगलादेश स्थापनाको मुख्य आधार बनेको थियो । २० जनवरीमा पूर्वी पाकिस्तानमा आन्दोलनरत एक विद्यार्थीको हत्या भएको थियो ।

सन् १९८१ : इरानले बन्धक बनाएर राखेका दर्जनौँ अमेरिकी नागरिकलाई महिनौँपछि आजकै दिन रिहा गरिएको थियो । मुस्लिमहरूको समूहले बन्धक बनाएका ५२ अमेरिकीलाई ४४४ दिनपछि रिहा गरिएको थियो ।

सन् २००९ : अमेरिकामा बाराक ओबामाले राष्ट्रपतिको शपथ लिएका थिए । अमेरिकी इतिहासमा पहिलोपटक अश्वेत समुदायबाट राष्ट्रपति बन्ने ओबामा पहिलो व्यक्ति हुन् ।

सन् २०२१ : ह्यारिस अमेरिकाको पहिलो महिला उपराष्ट्रपति बनेकी थिइन् । डेमोक्र्याटिक पार्टीकी राजनीतिज्ञ ह्यारिस भारतीय मूलकी महिला हुन् । ५६ वर्षीया ह्यारिस क्यालिफोर्नियाको ओक्लान्डमा जन्मिएकी हुन् । उनकी आमा भारतमा जन्मिएकी थिइन् भने पिता जमैकामा जन्मेका थिए । उनले हावर्ड विश्वविद्यालमा अध्ययन गरेकी थिइन् ।

सुझावित समाचार