सन् १९९१ : ‘सोभियत समाजवादी गणतन्त्रहरूको संघ’ (सोभियत संघ)को विधायिका ‘सुप्रिम सोभियत अफ सोभियत युनियन’को ‘घोषणा नम्बर १४२–एच’ले औपचारिक रूपमा संघलाई विघटन गर्यो । योसँगै सोभियत संघ सार्वभौम राज्य र अन्तर्राष्ट्रिय कानुको हिस्सा रहेन ।
सन् १४९२ : क्रिस्टोफर कोलम्बसले उत्तर अमेरिकामा पहिलो स्पेनिस (युरोपेली) बस्ती ‘ला नाभिडाड’ (जुन हाल हैटीको मोल–सेन्ट–निकोलसमा पर्छ) बसाए ।
सन् १७०५ : शिख धर्मावलम्बीका १०औँ तथा अन्तिम गुरु गोविन्द सिंहका दुई छोरा फतेह सिंह (६ वर्षका) र जोराबर सिंह (७ वर्षका)को इस्लाम धर्म स्विकार्न नमानेको भन्दै मुगल गभर्नर वजिर खानले हत्या गरिदिए ।
सन् १८२५ : रुसका तत्कालीन जार निकोलस प्रथमविरुद्ध असफल ‘डिसेम्बरिस्ट विद्रोह’ सुरु भयो ।
सन् १८६२ : अमेरिका–डेकोटा युद्धमा समातिएका ३८ डेकोटा पक्षधरलाई आजको दिन झुन्ड्याएर मृत्युदण्ड दिइयो । यो अमेरिकाको इतिहासमा एकैपटकमासबैभन्दा धेरैलाई दिइएको मृत्युदण्डको घटना हो ।
सन् १८९३ : चीनको वर्तमान कम्युनिस्ट शासन स्थापना गर्ने अभियानको नेतृत्व गरेका चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष माओत्से तुङ आजकै दिन जन्मिएका थिए ।
सन् १९०८ : क्यानेडेली बक्सर टमी बर्नलाई हराउँदै अफ्रिकी–अमेरिकी बक्सर ज्याक जोनसन पहिलो अश्वेत ‘विश्व हेभिवेट च्याम्पियन’ बने ।
सन् १९१३ : साहित्यकार एम्ब्रोस बियर्सले घनिष्ठ मित्र ब्लान्च पार्टिङटनलाई लेखेको पत्र नै उनको अन्तिम सञ्चार साबित भयो । त्यसपछि बेपत्ता भएका बियर्स कहिल्यै भेटिएनन् ।
सन् १९१७ : पहिलो विश्वयुद्ध चलिरहेको समयमा युद्धकालीन नीतिका रूपमा अमेरिकी राष्ट्रपति विड्रो विल्सनले देशभरका रेलसेवालाई सरकारीकरण गरे ।
सन् १९२५ : कानपुरमा पहिलो सम्मेलन गर्दै भारतीय कम्युनिस्ट पार्टीको स्थापना भएको घोषणा गरियो ।
सन् १९३३ : अमेरिकी इन्जिनियर एड्विन होवार्ड आर्मस्ट्रोङले एफएम रेडियोको प्याटेन्ट पाए ।
सन् १९८२ : चर्चित ‘टाइम’ म्यागजिनले प्रत्येक वर्ष घोषणा गर्ने गरेको वर्ष व्यक्तिको सम्मान ‘व्यक्तिगत कम्प्युटर’लाई प्रदान गर्यो । पहिलोपटक गैरमानवलाई सो सम्मान प्रदान गरिएको थियो ।
सन् १९९६ : श्रमिक अधिकार कटौती गरेका कानुन ल्याएपछि दक्षिण कोरियामा देशको इतिहासकै सबैभन्दा ठुलो श्रमिक हडताल आजैबाट सुरु भयो ।
सन् २००४ : हिन्द महासागर क्षेत्रमा आएको ९.२–९.३ रेक्टर स्केलको महाभूकम्पले निम्त्याएको सुनामीले श्रीलंका, भारत, इन्डोनेसिया, थाइल्यान्ड, मलेसिया, माल्दिभ्स तटमा ठुलो धनजनको क्षति गर्यो । रेकर्ड राख्न थोलिएयताको तेस्रो ठुलो मानिने यस भूकम्पमा दुई लाख तीस हजारजतिले ज्यान गुमाए ।
सन् २०१२ : चीनले विश्वको सबैभन्दा लामो हाई–स्पिड रेल ‘बेइजिङ ग्वाङझाउ’रेल सेवा सुरु गर्यो । दुई हजार २९८ किमिको यस लम्बाइको यात्रा ३०० किमि प्रतिघण्टामा चल्ने रेलले करिब आठ घण्टामा पूरा गर्छ ।