सन् २०१९ : भारतको ससंद्ले विवादास्पद नागरिकता संशोधन ऐन पारित गर्यो । ऐनले पाकिस्तान, भारत र अफगानिस्तानबाट भारत आई बसेका आप्रवासीका लागि नागरिकता पाउने प्रक्रियालाई छिटो र सहज बनाएको थियो । तथापि मुस्लिम आप्रवासीलाई छुटाएको भन्दै यसको लामो समय विरोध भयो ।
सन् १७९२ : अगस्ट १३ मा देश छाडेर भाग्ने प्रयास गरिरहँदा पक्राउ परेका फ्रान्सेली राजा लुई सौह्रौँविरुद्ध लागेका मुद्दाविरुद्ध आजकै दिनबाट सुनुवाइ सुरु भयो ।
सन् १९३१ : बेलायतको संसद्ले ‘स्ट्याच्युट अफ वेस्टमिनिस्टर’ पारित गर्यो । दस्ताबेजले पहिलोपटक बेलायत र उसका उपनिवेशबिचको हैसियतलाई कानुनी स्पष्टता प्रदान गर्यो । यसले क्यानडा, अस्ट्रेलिया, न्युजिल्यान्ड, दक्षिण अेफ्रिका, आयरल्यान्ड न्युफाउन्डल्यान्ड (जुन त्यसवेलासम्म क्यानडाको हिस्सा थिएन) लाई पूर्ण कानुनी (विधायिकी) स्वशासन प्रदान गरेको थियो ।
सन् १९३६ : अमेरिकी विधवा वालिस सिम्पसनसँगको सम्बन्धलाई लिएर ठुलो विवाद भएपछि बेलायतका राजा एड्वर्ड आठौँले सिम्पसनसँग विवाह गर्न राजगद्दी त्यागेको घोषणा गरे ।
सन् १९४१ : अमेरिकाले इटली र जर्मनीविरुद्ध युद्ध घोषणा गर्यो ।
सन् १९४६ : दोस्रो विश्वयुद्धमा ध्वस्त भएका मुलुकका बालबालिकालाई आपत्कालीन सहायता प्रदान गर्न संयुक्त राष्ट्र संघको महासभाले युनिसेफ (संयुक्त राष्ट्रसंघीय बाल कोष) निर्माण गर्यो ।
सन् १९९४ : रुसी सेना चेचेन गणतन्त्रको राजधानी ग्रोज्नी प्रवेश गरेर बमबारी सुरु गरेसँगै पहिलो चेचेन युद्ध सुरु भयो ।
सन् २००१ : १४ वर्ष लामो वार्ता र चिनियाँ अर्थतन्त्रमा उलेख्य सुधार गर्नुपर्ने सर्त पूरा भएपछि अन्ततः जनवादी गणतन्त्र चीनले विश्व व्यापार संगठनको सदस्यता पायो । चीनको सदस्यतालाई पश्चिमले खुला व्यापार तथा आर्थिक उदारीकरणको जितको रूपमा व्याख्या गरे ।