कुलोमा डुबेर बालकको मृत्यु

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

मकवानपुरको हेटौँडामा कुलोमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौँडा उपमहानगरपालिका– ११ थानाभर्याङका विजय थोकरका छोरा अन्दाजी पाँच वर्षका बिहान थोकर रहेका छन् ।

उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । बिहान घरनजिकै रहेको पानीको कुलोमा डुबी बिरामी भएका थिए । उनलाई तत्काल उद्धार गरी अस्पताल ल्याएकोमा उपचारको क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए ।

सुझावित समाचार