रिलायन्स फाइनान्स र बुद्ध एयरलाइन्सबिच छुटसम्बन्धी सम्झौता भएको छ । सम्झौताअन्तर्गत फाइनान्सका ग्राहक, सेयरधनी तथा कर्मचारीले बुद्ध एयरको टिकटमा ८ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
छुट प्राप्त गर्न ग्राहकले फाइनान्सको डेबिट कार्ड, मोबाइल बैंकिङ एपबाट भुक्तानी गर्नुपर्नेछ । फाइनान्सले ग्राहकवर्ग डिजिटल भुक्तानीका लागि प्रोत्साहित गर्न छुट गराउने सम्झौता गरेको जनाएको छ । फाइनान्सले देशभरका २१ शाखा कार्यालयमार्फत वित्तीय सेवा दिँदै आइरहेको छ ।