साफ महिला च्याम्पियनसिपको टिकट बिक्रीमा भ्रष्टाचार भएको आरोप

सोमबार, २६ कार्तिक, २०८१
डिजिटल संस्करण

अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले सातौँ दक्षिण एसियाली फुटबल महासंघ (साफ) महिला च्याम्पियनसिपको टिकट बिक्रीमा अनियमितता र भ्रष्टाचार भएको आरोप लगाएका छन् । 

अखिल नेपाल फुटलब संघ (एन्फा)ले टिकट बिक्रीका लागि गठन गरेको पाँच सदस्यीय समितिले आर्थिक नियमावली र कार्यविधिको उल्लंघन गर्दै अनियमितता र भ्रष्टाचार गरेको दाबी खड्काले गरेका हुन् । गत ११ र १३ भदौमा भएको एन्फा कार्यसमिति बैठकले सदस्य पुरुषोत्तम थापाको संयोजकत्वमा विकासनारायण श्रेष्ठ, प्रवीण यादव, सुरेश शाह र दामोदर भट्टराई (बद्री) सम्मिलित पाँच सदस्यीय समिति गठन गरिएको थियो । 

समितिले टिकट बिक्रीका लागि टेन्डर आह्वान गरेको थियो । ‘सातदिने सूचना निकाल्नु नै गलत कुरा हो । यो सात दिनमा पाँच दिन त चाडपर्व बिदा नै छ । समयसीमाभित्र एउटा मात्र कम्पनीले आवेदन दिएमा अर्को सूचना प्रकाशित गर्नुपर्नेमा सोही कम्पनीसँग सम्झौता गर्नु बदनियत देखिन्छ,’ खड्काले भने । माउन्ट एभरेस्ट स्पोर्टस् एन्ड इभेन्ट्स प्रालिले एन्फासँग ८० लाखमा प्रतियोगिताको टिकट बिक्री गर्ने ठेक्का पारेको थियो ।

सुझावित समाचार