लहानबाट एक महिलासहित ६ जना बेवारिसेको उद्धार(फोटोफिचर)

शनिबार, ३ कार्तिक, २०८१
डिजिटल संस्करण

‘यसपटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडक पेटीमा’ भन्ने मूल नारासहित कोशी प्रदेशको पूर्वी नाका काँकडभिट्टाबाट थालिएको मेची– महाकाली राष्ट्रिय उद्धार यात्रा टोलीले छैटाैँ दिन शनिबार बिहान लहान क्षेत्रबाट एक महिलासहित ६ जनाको उद्धार गरेको छ। 

मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको सहकार्यमा सुरु भएको उद्धार यात्राअन्तर्गत शनिबार बिहान आश्रमका अभियन्ताको टोलीले लहानको सहिद चोक र अस्पताल चोक क्षेत्रबाट एक महिलासहित ६ जनाको उद्धार गरेको हो। टोलीमा सहभागी आश्रमका महासचिव सुमन बर्तौलाका अनुसार सडक पेटीबाट बेवारिसे अवस्थामा उद्धार गरिएका व्यक्तिहरूलाई सर्लाही सेवा केन्द्रमा पठाइने छ। 

लहानबाट उद्धार गरी पश्चिमतर्फ लागेको टोलीले सिराहाको धनगढीमाई, गोलबजार, मिर्चैया बन्दीपुर क्षेत्रमा सडक पेटीमा बेवारिसे अवस्थामा रहेकाहरुको उद्धार गरी शनिबार अपराह्नसम्म प्रदेश राजधानी जनकपुर पुगेर उद्धार कार्यलाई निरन्तरता दिइने उनले बताए।

उनका अनुसार उद्धार टोलीले शुक्रबारसम्म कोशी प्रदेशको झापा, मोरङ, सुनसरी, उदयपुर जिल्लाका विभिन्न ठाउँबाट नौ महिलासहित ४४ जना र सप्तरीबाट दुई महिला र ११ पुरुष गरी १३ जनाको उद्धार गरेको छ। 


 

See More On

सुझावित समाचार