२० रुपैयाँकाे एक बाेतल पानी सय रुपैयाँमा बेच्दा दुई लाख जरिवाना

बुधबार, २३ असोज, २०८१
डिजिटल संस्करण

तोकिएको अधिकतम खुद्रा मूल्य २० रुपैयाँकाे पानीको बोतल एक सयमा बेचेपछि जिल्ला प्रशासन कार्यालयले पोखरा– ६ बैदामस्थित द वर्ल्ड लान हुआ रेस्टुरेन्ट एन्ड बारलाई दुई लाख जरिवाना गरेको छ । 

पानी प्रशोधक कम्पनीले तोकेको अधिकतम मूल्यभन्दा बढी मूल्य लिई बिक्री गरेको पाइएपछि उपभोक्ता संरक्षण ऐनबमोजिम उक्त रेस्टुरेन्टलाई कारबाही गरिएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले बताए ।सोही स्थानका एक ग्राहकले  २० रुपैयाँ  पर्ने एक बोतल मिनरल वाटर एक सय तिरेको बिलसहित प्रशासनमा सिकायत गरेका थिए ।

स्थानीय प्रशासनले सो रेस्टुरेन्टलाई उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड ८ बमोजिमको कसुर गरेको देखिएकाले सोही ऐनको दफा ३९ को उफदफा १ को खण्ड (ख) बमोजिम जरिवाना गरिएको जनाएको छ । 

सुझावित समाचार