होन्डाको चाडबाड अफरमा चारजनाले जिते एक लाख

सोमबार, २१ असोज, २०८१
डिजिटल संस्करण

होन्डा नेपालको हाल चलिरहेको चाडपर्व योजना ‘हाम्रो चाडबाड, होन्डाको खुसियाली बारबार’अन्तर्गत चार भाग्यशाली ग्राहकले जनही एक–एक लाख रुपैयाँ नगद पुरस्कार जितेका छन् । 

पुरस्कार जित्नेमा तिरुमाला मोटर्स एकान्तकुनाका निश्चल घर्ती, युनाइटेड मोटर्स प्रालि भरतपुर, चितवनकी प्रतिमा भण्डारी रहेका छन् । त्यसैगरी, आस्था ट्रेडर्स वालिङका सन्तोष सुवेदी र केडी अटोमोबाइल्स महेन्द्रनगरका शान्ति साउद रहेका छन् । 

यस योजनाअन्तर्गत होन्डाका बाइक र स्कुटर खरिद गर्ने ग्राहकले प्रत्येक खरिदमा १० लाख रुपैयाँसम्मको नगद पुरस्कार जित्ने मौका पाउनेछन् ।

सुझावित समाचार