बकैयास्थित बागमती किनारमा तीनवटा शव फेला

मंगलबार, १५ असोज, २०८१
डिजिटल संस्करण

मकवानपुरको बकैया गाउँपालिकामा तीनवटा शव फेला परेका छन् । दुईजना पुरुष र एक महिलाको शव सडेगलेको अवस्थामा भएकाले पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

मकवानपुरका निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाका अनुसार बकैया  गाउँपालिका– १० मन्थलीस्थित बागमती नदीको किनारमा शवहरू फेला परेका हुन् ।

स्थानीयले शव देखेपछि बकैया गाउँपालिकाका अध्यक्ष धर्म लामिछानेले प्रहरीलाई खबर गरेको उनले जानकारी दिए । प्रहरी निरीक्षक सापकोटाका अनुसार मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक सीताराम रिजालको नेतृत्वको प्रहरी टोली घटनास्थलतर्फ गएको छ ।

गाउँपालिकाका अध्यक्ष लामिछानेले माछा मार्न गएका स्थानीयले नदीकिनारमा शवहरू देखेपछि आफूलाई जानकारी गराएको र प्रहरीलाई खबर गरेको बताए । शुक्रबार र शनिबारको अविरल वर्षापछि आएको बाढीले बगाएर ती शवहरू ल्याएको हुन सक्ने उनको भनाइ छ ।
 

सुझावित समाचार