सन् २०१७ : साउदी अरबले सवारीसाधन चलाउन महिलामाथि लगाइएको प्रतिबन्ध उल्ट्यायो । ऊ यो सुधार लागू गर्ने विश्वको अन्तिम देश हो ।
सन् १७८९ : थोमस जेफर्सन जर्ज वासिंटनको सरकारमा अमेरिकाको पहिला विदेशमन्त्री नियुक्त भए ।
सन् १९५० : कोरियाली युद्धका क्रममा उत्तर कोरियाले कब्जामा लिइसकेको दक्षिण कोरियाको राजधानी सियोल अमेरिका नेतृत्वको संयुक्त राष्ट्र संघीय फौज पुनः दक्षिण कोरियालाई फिर्ता गराउन सफल भयो ।
सन् १९८४ : ब्रिटेन र चीनबिच सन् १९९७ सम्ममा बेलायतको उपनिवेश कायम रहेको टापु हङकङ चीनलाई फिर्ता गर्ने प्रारम्भिक सहमति भयो ।
सन् १९८९ : भियतनामले कम्बोडियाको खमेरुज शासन अपदस्थ गर्न १० वर्षअघि पठाएको सेनाको अन्तिम टुकडी स्वदेश फर्काएसँगै भियतनामको कम्बोडिया अतिक्रमण अन्त्य भयो ।
सन् २००७ : जापानका प्रधानमन्त्री सिन्जो आवेको पहिलो कार्यकाल औपचारिक रूपमा टुंगियो ।
सन् २०२१ : स्विट्जरल्यान्डमा भएको जनमत–संग्रहमा समलिंगी विवाहलाई कानुनी मान्यता दिनुपर्ने पक्षले
बहुमत पायो ।
सन् २०२२ : अमेरिकाको गोप्य गुप्तचर कार्यक्रम सार्वजनिक गरेपछि रुसको शरण लिइरहेका पूर्वअमेरिकी गुप्तचर कन्ट्र्याक्टर एड्वर्ड स्नोडेनले रुसको नागरिकता पाए ।