सुनको मूल्यमा नयाँ कीर्तिमान

आइतबार, ३० भदौ, २०८१
डिजिटल संस्करण

स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु. पाँच सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला रु. एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु. एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, चाँदीको मूल्य तोलामा रु. ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु. एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु. एक हजार नौ सय निर्धारण भएको छ ।

सुझावित समाचार