यामाहा मोटरसाइकल तथा स्कुटरहरूको आधिकारिक विक्रेता एमएडब्लू राइड्सले दसैँ, तिहार र छठजस्ता चाडपर्वलक्षित नयाँ ग्राहक योजना ‘बिगेस्ट १०शैँ’ ल्याएको छ ।
यस योजनाअन्तर्गत यामाहाका मोटरसाइकल र स्कुटर खरिद गर्ने भाग्यशाली ग्राहकले १० लाख रुपैयाँसम्मको हात खाली नजाने स्योरसट क्यासब्याक उपहार प्राप्त गर्नेछन् ।
‘नेपालीको महान् चाड दसैँलाई भव्य बनाउन यो अफर ल्याएका हौँ,’ यामाहा नेपालका सिइओ सञ्जीव शुक्लाले भने, ‘यामाहाका बाइक र स्कुटरहरू किन्दा अधिकतम १० लाखसम्म नगद फिर्ता हुने र कसैको पनि हात खाली नजाने भएकाले हाम्रा ग्राहकले यसपालिको दसैँ अहिलेसम्मकै ठूलो र भव्य महसुस गर्ने हाम्रो विश्वास छ ।’