सन् १९६८ : चेकोस्लोभाकियाको कम्युनिस्ट नेता एलेक्ज्यान्डर डबकेकले शासनमा सुधारको प्रयास सुरु गरेपछि सोभियत संघ नेतृत्वको वार्सा प्याक्ट फौजले सो देशमाथि आक्रमण गरेर कब्जामा लिए । डबकेकलाई पक्राउ गरेर ‘मस्को प्रोटोकल’मा हस्ताक्षर गर्न बाध्य बनाइयो ।
सन् १५४१ : सुलेमान प्रथमको नेतृत्वमा रहेको अटोमन टर्क फौजले हंगेरीको राजधानी बुढापेस्ट कब्जा गरेर डेढ सय वर्ष लामो शासनको जग हाले ।
सन् १९११ : लियोनार्दो दा भिन्चीको चर्चित चित्र ‘मोना लिसा’ लुभ्र संग्रहालयबाट चोरी भयो, जुन दुई वर्षपछि मात्र फेला परेको थियो ।
सन् १९५७ : सोभियत संघले विश्वको पहिलो अन्तर–महादेशीय ब्यालेस्टिक मिसाइल सफलतापूर्वक परीक्षण गर्यो । परीक्षणका क्रममा यसले ६ हजार किमि दूरी पार गरेको थियो ।
सन् १९९१ : सोभियत संघका कट्टरपन्थीहरूले गोर्बाचेभविरुद्ध गरेको कु प्रयास बोरिस यल्तसिन नेतृत्वमा तीन दिनमै असफल बन्यो ।
सन् २०१७ : बहुराष्ट्रिय औषधि निर्माता कम्पनी जोनसन एन्ड जोनसनलाई उसको एक उत्पादन प्रयोग गरेर ओभरियन क्यान्सर भएकी एक महिलालाई ४१.७ करोड डलर जरिवाना तिर्नुपर्ने आदेश दिइयो ।
सन् २०१८ : भारतको चन्द्रयान प्रथम नामक अन्तरिक्षयानले चन्द्रमा पहिलोपटक जमेको पानी पहिचान गर्यो ।
सन् २०१९ : विगतमा पोलियो धेरै देखिने देश नाइजेरियामा लगातार तीन वर्ष पोलियो नदेखिएसँगै पोलियो निर्मूलीकरणतर्फ एक कोसेढुंगा पार भएको मानियो ।
सन् २०१९ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कसँग उसको एक टापु ग्रिनल्यान्ड किन्ने प्रस्ताव राख्दा त्यहाँका प्रधानमन्त्री मेट फ्रेडरिकसेनले अस्वीकार गरेको जानकारी दिँदै डेनमार्कको पूर्वनिर्धारित भ्रमण रद्द गरे ।