सिटिजन्स क्यापिटलको १५.५० प्रतिशत लाभांश घोषणा

मंगलबार, २९ साउन, २०८१
डिजिटल संस्करण

सिटिजन्स क्यापिटलले सेयरधनीलाई १५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ । क्यापिटलले गत आर्थिक वर्ष ०८०/८१ मा कायम चुक्ता पुँजीको १५.५० प्रतिशत लाभांश प्रस्ताव गरेको हो । सोही लाभांश प्रस्ताव पारित गर्न क्यापिटलले वार्षिक साधारणसभा आह्वान गरेको छ । 

क्यापिटलका अनुसार गत आवमा लाभांश क्षमता ३० प्रतिशतले वृद्धि भएको छ । गत आवमा समग्र आर्थिक चुनौतीका बाबजुद कम्पनीले अघिल्लो आवभन्दा वृद्घि हासिल गर्न सक्षम भएको जनाएको छ । 

कम्पनीले वित्तीय परामर्श, लगानी व्यवस्थापन र म्युचुअल फन्डमा निरन्तर नयाँ आयाम थप्दै ग्राहकलाई पूर्ण वित्तीय सेवा प्रदान गर्दै आइरहेको जनाएको छ । 
सिटिजन्स क्यापिटल सिटिजन्स बैंकको सहायक कम्पनी हो भने यसमा कर्मचारी सञ्चय कोष तथा उद्योगी–व्यवसायीको सहलगानी रहेको छ । 
 

सुझावित समाचार