हमासका नेताको इजरायली हिरासतमा मृत्यु

शुक्रबार, ११ साउन, २०८१
डिजिटल संस्करण

वेस्ट ब्यांकमा रहेका हमासका एक नेताको इजरायली हिरासतमा मृत्यु भएको प्यालेस्टिनी अधिकारीले बताएका छन्। 

प्यालेस्टिनी कैदी मामिला निकाय र प्यालेस्टिनी प्रिजनर्स क्लबको संयुक्त विज्ञप्तिका अनुसार दक्षिणी इजरायलको जेलबाट अस्पतालमा सारिएपछि ६३ वर्षीय मुस्तफा मोहम्मद अबु आराको मृत्यु भएको हो।

‘हामी नेता शेख मुस्तफा मोहम्मद अबु आराको निधनमा शोक व्यक्त गर्दछौँ र चिकित्सकीय लापरबाहीबाट भएको उहाँको हत्याका लागि कब्जालाई जिम्मेवार ठान्दछौँ,’ हमासद्वारा जारी विज्ञप्तिमा बताइएको छ।

अबु आरालाई अक्टोबरमा गम्भीर स्वास्थ्य समस्या सामना गरिरहेको वेला पक्राउ गरिएको प्यालेस्टिनी निकायले जनाएका छन्। उनले नजरबन्दको समयमा क्रूर यातना सामना गर्नुपरेको उनीहरूले बताएका छन्।

इजरायली सेनाले यस विषयमा प्यालेस्टिनी टिप्पणीको कुनै जवाफ दिएको छैन।

See More On

सुझावित समाचार