इतिहासमा आज

बुधबार, ९ साउन, २०८१
डिजिटल संस्करण

सन् १९६९ : एपोलो ११ चन्द्र धरातलमा अन्तरिक्षयात्री टेकाएर तिनलाई सकुसल पृथ्वीमा उतार्न सफल भयो । 

सन् १९०१ : लेखक ओ. हेनरी बैंकलाई धोकाधडी गरेको आरोपमा तीन वर्ष लामो जेल जीवन बिताएर आजकै दिन रिहा भए । 

सन् १९११ : अमेरिकी अन्वेषक हिराम बिनघमले इन्का जातिको हराएको सहर माचु पिच्चु पत्ता लगाए । 

सन् १९६७ : डा. सिसेली स्यान्डर्सले लन्डनमा पहिलो आधुनिक ‘प्यालियटिम केयर’ सेवा सुरु गरे । यसले मृत्यु निश्चित भएका बिरामीलाई अन्तिम समय सहज रूपमा बिताउन सघाउने अभियान सुरु गर्यो । 

सन् १९८५ : भारतीय प्रधानमन्त्री राजीव गान्धीले शिख नेता हरचन्द सिंह गोंगोवाईसँग तीन वर्षदेखि पन्जाबमा मच्चिरहेको हिंसा कम गर्ने विषयमा सम्झौता गरे । 

सन् २०१५ : तत्कालीन अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफ्नो पिताको देश केन्याको दुईदिने भ्रमण सुरु गरे । 

सुझावित समाचार