इतिहासमा आज

बुधबार, २७ असार, २०८१
डिजिटल संस्करण

सन् १९९१ : सोभियत संघमा कम्युनिस्ट पार्टीबाहिरका नेता बोरिस यल्तसिनले रुसी महासंघको पहिलो निर्वाचित राष्ट्रपतिको रूपमा शपथ लिए । 

सन् १८०६ : ब्रिटिस इस्ट इन्डिया कम्पनीको शासनविरुद्ध भारतीय सिपाहीको पहिलो विद्रोहका रूपमा भेलोर विद्रोह आजै सुरु भएको थियो । 

सन् १९१३ : विश्वको औपचारिक तथ्यांकअनुरूप सबैभन्दा उच्च तापक्रम ५६.७ डिग्री सेल्सियस आजकै दिन क्यालिफोर्निया राज्यको डेथ भ्यालीस्थित ग्रिनल्यान्ड र्यान्च (हाल नाम बदलिएर फर्नान्स क्रिक र्यान्च)मा मापन भयो । 

सन् १९१८ : सोभियत संघअन्तर्गत रहने गरी रुसी सोभियत संघीय समाजवादी गणतन्त्रको गठन भएको घोषणा भयो । 

सन् १९१९ : डच संसद्ले महिलाहरूलाई मतदान अधिकार प्रदान गर्यो । 

सन् १९२३ : इटलीमा फासीवादी शासन सुरु भएपछि गैरफासीवादी पार्टी विघटित भएको घोषणा भयो । 

सन् १९३४ : सत्तारुढ अमेरिकी राष्ट्रपतिको पहिलो दक्षिण अमेरिका भ्रमणका रूपमा फ्य्रांकलिन डी रुजबेल्ट कोलम्बिया पुगे । 

सन् १९४७ : बेलायतका तत्कालीन प्रधानमन्त्री क्लिमेन्ट एट्लीले मोहम्मद अलि जिन्नाहलाई भावी पाकिस्तानको पहिलो गभर्नर–जनरल सिफारिस गरे । 

सन् २०११ : फोन ह्याकिङ प्रकरणमा फसेपछि ब्रिटिस ट्याबलोइड ‘न्युज अफ द वल्र्ड’ १६८ वर्षपछि आजकै दिन अन्तिम संस्करण छापिएर बन्द भयो । 

सन् २०२० : छैटौँ शताब्दीमा चर्चको रूपमा निर्माण भएको टर्कीको ‘हागिया सोफिया’ मस्जिद र संग्रहालयमा बदलिएर पुनः मस्जिदका रूपमा घोषणा भयो ।

सन् २०२३ : सन् २०२२ को हिटबेभ (तातो लहर)मा युरोपभर ६१ हजार मानिस मारिएको अध्ययन आजकै दिन ‘नेचर मेडिसिन’मा प्रकाशित भयो । 

सुझावित समाचार