नारायणी पुलबाट हाम फालेर पुरुष बेपत्ता

आइतबार, २४ असार, २०८१
डिजिटल संस्करण
नारायणी पुलबाट हाम फालेर पुरुष बेपत्ता

पुलबाट हामफाल्ने व्यक्तिको साइकल

नारायणी नदीको पुलबाट एक व्यक्तिले हाम फालेका छन् । आइतबार बिहान १०:४० बजेको समयमा नवपुलरको गैँडाकोट र चितवनको नारायणगढ जोड्ने नारायणी पुलबाट एक पुरुषले हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। 

अहिले विपत् व्यवस्थापनसहितको प्रहरी टोली खटिई उनको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । करिब ५०–५५ वर्ष उमेरका देखिने उनी साइकलमा आएर पुलबाट हाम फालेका थिए ।

सुझावित समाचार