इतिहासमा आज

बिहिबार, २१ असार, २०८१
डिजिटल संस्करण

सन् १७७६ : अमेरिकी महादेशका १३ राज्यको संयुक्त कंग्रेसले आफूलाई बेलायतको शासनबाट अलग भएको निर्णय गर्दै स्वतन्त्र भएको घोषणा गर्यो । 

सन् १८२६ : अमेरिकाका द्वितीय राष्ट्रपति जोन एडम्स र तृतीय राष्ट्रपति थोमस जेफर्सन आज एकै दिन बिते । 

सन् १८८४ : फ्रान्सले अमेरिकालाई ‘स्ट्याच्यु अफ लिबर्टी’ उपहार दियो ।

सन् १९४६ : फिलिपिन्सले ४८ वर्षपछि अमेरिकाको शासनबाट मुक्ति पायो । 

सन् १९६० : अमेरिकाको पचासौँ राज्य हवाईको सम्मानमा देशको झन्डामा एउटा तारा थपिएसँगै अमेरिकाका झन्डा पचास तारायुक्त भयो । 

सन् २०१२ : स्विट्जरल्यान्डको सर्नका वैज्ञानिकले हिग्स बोसोनको सिद्धान्तसँग मेल खाने नयाँ कण पत्ता लागेको घोषणा गरे । यस आविष्कारले पछि नोबेल पुरस्कार प्राप्त गर्यो । 

सुझावित समाचार