रसुवा भन्सारले उठायो ५८ करोड ५५ लाख जरिवाना

शुक्रबार, ८ असार, २०८१
डिजिटल संस्करण

चीनबाट आयात गरिएका सामग्रीको परिमाण कम देखाएर राजस्व छल्न खोज्ने व्यापारीबाट यहाँस्थित भन्सार कार्यालयले  ५८ करोड ५५ लाख रुपैयाँ जरिवाना असुल गरेको छ ।

प्रमुख भन्सार अधिकृत रामप्रसाद पाठकका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा उक्त रकम असुल गरिएको हो । चालू आवको साउनदेखि जेठ मसान्तसम्म र ५९ अर्ब ७८ करोड ७५ लाख रुपैयाँबराबरका मालसामान चीनबाट आयात भएको तथा  एक अर्ब ८४ करोड ७६ लाख रुपैयाँबराबरका सामग्री निर्यात भएको छ । 

राजस्व संकलनतर्फ भने वार्षिक लक्ष्यको तुलनामा एक सय ६५ प्रतिशतले वृद्धि भएको उनले बताए । जेठ मसान्तसम्ममा  १९ अर्ब १७ करोड २१ लाख  रुपैयाँ असुली भएको छ ।
 

सुझावित समाचार