टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

बिहिबार, ७ असार, २०८१
डिजिटल संस्करण
टीकापुर घटनामा दोषी ठहर भएकालाई कानुनअनुसार कारबाही हुन्छ : प्रधानमन्त्री

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टीकापुर घटनामा दोषी ठहर भएकाहरूलाई कानुनअनुसार कारबाही हुने स्पष्ट पारेका छन्।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्रीले टीकापुरमा जनधनको अपूरणीय क्षति भएको बताए।

‘टीकापुर घटना एउटा दुःखद घटना हो, जसमा जनधनको अपूरणीय क्षति हुन पुग्यो,’ उनले भने, ‘घटनाका विषयमा दोषी ठहर भएका व्यक्तिहरूको हकमा कानुनबमोजिम नै हुनेछ।’ कैद माफी मिनाहाको विषय पनि कानुनबमोजिम नै हुने उनको भनाइ छ।

थारूलगायत आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका समुदायको पहिचान स्थापित गर्ने र आर्थिक तथा सामाजिक सशक्तीकरणमार्फत समुदायको अधिकार सुनिश्चित गर्ने विषयमा सरकार गम्भीर रहेको बताउँदै प्रधानमन्त्री प्रचण्डले सोही आधारमा आवधिक योजना, वार्षिक नीति कार्यक्रम तथा बजेटमार्फत सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

सुझावित समाचार