सिद्धार्थ बैंक लिमिटेडले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआइओसिएच)लाई एक करोड आर्थिक सहयोग गर्ने भएको छ । बैंकले बालबालिकालाई उचित र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ निर्माण भइरहेको उक्त बाल अस्पताललाई सहयोगस्वरूप एक करोड रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ ।
सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दरप्रसाद कँडेल र अस्पतालका अध्यक्ष तथा वरिष्ठ मुटु शल्यचिकित्सक प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरे ।
यस सहयोगले बाल स्वास्थ्य क्षेत्रमा उचित र गुणस्तरीय सेवा प्रदान गर्न अहं भूमिका खेल्ने विश्वास बैंकले लिएको छ । बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पु¥याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यमा सहभागिता जनाउँदै आएको छ ।