सफा हिमाल अभियानमा युनिलिभरको सहयोग

बुधबार, ३० जेठ, २०८१
डिजिटल संस्करण

 युनिलिभर नेपालले ‘सफा हिमाल– २०२४’ सम्पन्न गरेको छ । कम्पनीले नेपाली सेनाको अगुवाइ तथा अन्य सरकारी निकायसँगको सहकार्यमा २९ चैतदेखि २३ जेठसम्म सफा हिमाल अभियान सञ्चालन गरेको हो । 

कम्पनीले यस अभियानमा संकलन गरिएको फोहोरलाई रिसाइकल गर्न आधिकारिक फोहोर व्यवस्थापन–रिसाइक्लिङ साझेदार अवनी भेन्चर्सलाई सहयोग गरेको छ । यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से तथा नुत्सेबाट ११ हजार केजीभन्दा बढी फोहोर र एक थान कंकालसहित पाँच शवको अवशेष संकलन गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीले सन् २०२१, २०२२ र २०२३ मा पनि नेपाली सेनालाई सफा हिमाल अभियानमा सहयोग गरेको थियो । नेपाली सेनाका अनुसार २०१९ देखि सुरु भएको यो अभियानमा एक सय आठ टनभन्दा बढी फोहोर संकलन भएको छ भने १२ जना मृतकको शवको अवशेष संकलन भएको बताइएको छ । जलवायु परिवर्तन न्यूनीकरणका लागि समर्थन र अभ्यास गरिनुपर्ने कम्पनीको विश्वास छ ।

सुझावित समाचार