टिभिएसको नयाँ सोरुम बानेश्वरमा

शुक्रबार, ११ जेठ, २०८१
डिजिटल संस्करण

सान्भी अटो लिंकले नयाँ बानेश्वरमा आफ्नो नयाँ टिभिएस सोरुम उद्घाटन गरेको छ । हास्यकलाकार सन्दीप क्षेत्री र भक्तपुर वडा नं २ का सांसद दुर्लभ थापाले रिबन काटेर सोरुमको उद्घाटन गरे ।

कार्यक्रममा सान्भी अटो लिंकका सञ्चालक श्रीकृष्ण थापाले टिभिएस प्रयोगकर्तालाई उच्चस्तरका उत्पादन र सेवा उपलब्ध गराउने बताए । यस नयाँ सोरुमले टिभिएस बाइक तथा स्कुटरका साथै स्पेयर पार्टस् र सवारीसाधन मर्मत–सम्भारलगायत सेवा प्रदान गर्ने कम्पनीको भनाइ छ ।

See More On

सुझावित समाचार