सन्दीपकाे सफाइविरुद्ध प्रदर्शन [तस्बिरहरू]

बिहिबार, ३ जेठ, २०८१
डिजिटल संस्करण

क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा उच्च अदालत पाटनले सफाइ दिएपछि फैसलाविरुद्ध प्रदर्शन भएको छ।

बुधबार उच्च अदालत पाटनले यसअघि जिल्लाले गरेको फैसला उल्टाउँदै सन्दीपलाई सफाइ दिएको हो। जिल्ला अदालत काठमाडौंले लामिछानेलाई बलात्कार मुद्दामा दोषी ठहर गर्दै आठ वर्ष कैद र जरिवानाको फैसला सुनाएको थियो।

न्यायालयले पैसा र सत्ताको चलखेलबाट पीडितविरुद्ध फैसला गरेकाे भन्दै वैज्ञानिक समाजवादी महिला संगठनको नेतृत्वमा माइतीघरमा प्रदर्शन गरिएको हो। उनीहरूले 'म पनि गौशाला २६', 'बलात्कारी जाेगाउने राजनीति बन्द गर', 'पितृसत्ता मुर्दावाद'लगायतका नारा लेखिएका प्ले कार्ड बोकेर नारा लगाउँदै प्रदर्शन गरेका छन्।

तस्बिरहरू :

सुझावित समाचार