समृद्धि फाइनान्सले गर्‍यो विद्यार्थीलाई स्टेसनरी वितरण

सोमबार, ३१ बैशाख, २०८१
डिजिटल संस्करण

समृद्धि फाइनान्सले कसाह शाखा र खरेन्द्रपुर शाखाबाट स्टेसनरी सामग्री वितरण गरेको छ । फाइनान्सले कसाह चियाबारीस्थित श्री आधारभूत विद्यालयका ३० जना र खरेन्द्रपुर दकहियास्थित श्री राष्ट्रिय आधारभूत विद्यालयका ३० जना विपन्न वर्गका जेहेनदार विद्यार्थीलाई कापी र कलम वितरण गरेकोे हो ।

फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत खरेन्द्रपुर शाखाले शिवराज नगरपालिकाका मेयर अजय थापा र कसाह शाखाले वडाध्यक्ष रामभरोश यादवको अध्यक्षतामा सम्पन्न गरेको हो।

संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक महिनाका लागि फरक–फरक कार्यक्रम तय गरेको र आउने महिनाका लागि विभिन्न मितिमा अन्य कार्यक्रम आयोजना गर्ने तालिका रहेको जनाएको छ ।

सुझावित समाचार