सरकारले प्रतिपक्षकाे माग बेवास्ता गरेकाे कांग्रेस पदाधिकारी बैठककाे निष्कर्ष

शनिबार, २९ बैशाख, २०८१
डिजिटल संस्करण

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकाे पदाधिकारी बैठक बसेकाे छ। पार्टी सभापति शेरबहादुर देउवानिवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारले सहकारी ठगी प्रकरणमा गृहमन्त्रीकाे संलग्नताबारे प्रतिपक्षले उठाएकाे मागलाई सरकारले बेवास्ता गरेकाे निष्कर्ष निकालेकाे छ। 

पदाधिकारी बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री गगन थापाले सहकारी ठगी प्रकरणमा प्रतिपक्षले उठाएकाे माग बेवास्ता गर्दै छानबिन समिति बन्न नदिनेतर्फ सरकार उद्दत भएको आराेप लगाए। 

उनका अनुसार यसबारे थप छलफल र संसदीय छानबिन समितिको मागलाई कसरी प्रस्तुत गर्ने भन्ने वियषमा आगामी साेमबारकाे संसदीय दलकाे बैठक छलफल हुने बताए। 

सुझावित समाचार