जनकपुरधाममा दिनदहाडै लुटियो ८० लाख

सोमबार, २४ बैशाख, २०८१
डिजिटल संस्करण

धनुषाको जनकपुरधामस्थित एक सहकारी संस्थाका कर्मचारीबाट रु. ८० लाख लुटिएको छ। 

आज दिउँसो शुभश्री बचत तथा ऋण सहकारी संस्था मैनाथपुरमा कार्यरत वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर तीनजनाले रु. ८० लाख लुटेका जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक रञ्जन आबाले जानकारी दिए। 

जनकपुरधामको भानुचोकमा रहेको राष्ट्रिय सहकारी बैंकबाट रकम झिकेर सहकारीतर्फ जाँदै गर्दा जनकपुरधाम उपमहानगरपालिका– १९ मा महतोका साथमा रहेको सो रकम लुटिएको र जानकारी प्राप्त भएलगत्तै प्रहरी घटनास्थल पुगेर लुटेराको खोजी भइरहेको बताए। 
 

सुझावित समाचार