निर्वाचित भएपछि घिमिरे भन्छिन्- उपाध्यक्ष पद केही होइन भन्ने मनोविज्ञान बदल्छु

बुधबार, २८ चैत, २०८०
डिजिटल संस्करण
निर्वाचित भएपछि घिमिरे भन्छिन्- उपाध्यक्ष पद केही होइन भन्ने मनोविज्ञान बदल्छु

तस्बिर : अमुल थापा/नयाँ पत्रिका

राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी विमला घिमिरेले पार्टीभन्दा माथि उठेर जिम्मेवारी बहन गर्ने बताएकी छिन्। 

राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएपछि छोटो प्रतिक्रिया दिँदै घिमिरेले उपाध्यक्ष पद पद केही होइन भन्ने मनोविज्ञान बदल्ने बताइन्। 

‘पार्टीभन्दा माथि उठेर काम गर्छु। तटस्थ हिसाबले काम गर्छु। शपथ नलिँदासम्म पार्टीको उम्मेदवार भए पनि शपथ लिएपछि म सबैको साझा उपाध्यक्ष हुँ,’ उनले भनिन्, उपाध्यक्ष पद केही होइन, अध्यक्ष नहुँदा मात्र त जिम्मेवारी आउने त हो नि भन्ने मनोविज्ञान बदल्छु। संविधान र नियमावलीले दिएको अधिकार प्रयोग गर्दै आफ्नो क्रियाशीलता बढाउने प्रयास गर्छु। महिला माननीयको क्षमता विकासमा भूमिका खेल्छु।’  

आज भएको निर्वाचनबाट सत्तागठबन्धनकी उम्मेदवार घिमिरेले कांग्रेसबाट उम्मेदवार बनेकी विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै राष्ट्रिय सभाको उपाध्यक्षमा निर्वाचित भएकी हुन्। ५५ सदस्य उपस्थित भएको बैठकमा घिमिरेको पक्षमा ३९ मत र पुडासैनीले १६  मत खसेको थियो। 
 
 

सुझावित समाचार