वैवाहिक बलात्कारमा न्यायाधीश गिरीलाई थुनामा पठाउने सर्वाेच्चकाे आदेश

बुधबार, २१ चैत, २०८०
डिजिटल संस्करण

सर्वोच्च अदालतले वैवाहिक बलात्कारको आरोप लागेका न्यायधीश भुवन गिरीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश हरि फुँयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।

यसअघि काठमाडौं जिल्ला अदालत र उच्च अदालत पाटनले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। न्यायाधीश गिरीकी पत्नी आरती रावलले आफूमाथि बलात्कार भएको भन्दै गत २१ मंसिरमा गिरीविरुद्ध सर्वाच्चमा जाहेरी दिएकी थिइन्। रावलले आज इजलासमै विष सेवन गरेकी थिइन्।

सुझावित समाचार