नाउपा विवाद : सांसद गिरीलाई कारबाही गरिएको पत्र प्रदेश सभामा

पत्र बोकेर आएका नेता धनगढी विमानस्थलबाट प्रहरीको गाडीमा प्रदेश सभा पुगे

बुधबार, २१ चैत, २०८०
डिजिटल संस्करण

नागरिक उन्मुक्तिका सुदूरपश्चिम प्रदेश सांसद एवं राज्यमन्त्री इन्दिरा गिरीलाई पदमुक्त गरिएको पत्र प्रदेश सभामा पुगेको छ। 

नागरिक उन्मुक्तिका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरा थारूले सांसद गिरीलाई पदमुक्त गर्ने निर्णयसहितको पत्र अहिले प्रदेश सभा सचिवालयमा दर्ता गरेका हुन्। 

उक्त पत्र लिएर टीकापुर नगरपालिकाका मेयरसमेत रहेका डगौरासहित नेताहरू आज काठमाडाैंबाट नियमित हवाई उडानबाट धनगढी आएका हुन्। पत्र बोकेर आएका नेताहरू धनगढी विमानस्थलबाट प्रहरीको गाडीमा चढेर प्रदेश सभा पुगेका थिए।

सुझावित समाचार