सुदूरपश्चिम प्रदेश सभापरिसर र धनगढी विमानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीका समानुपातिक प्रदेश सांसद इन्दिरा गिरीलाई पदमुक्त गरेको पत्र बोकेर उक्त पार्टीका नेता धनगढी आउन लागेकाले विमानस्थल र प्रदेश सभापरिसरको सुरक्षा व्यवस्था कडा पारिएको हो।
.jpg'_'.2024-04-03.jpg)
प्रदेश सभापरिसरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको छ। पत्र बोकेर आउनेहरूमाथि पार्टीकै नेताहरूबाट हुन सक्ने जोखिमलाई ध्यानमा राखेर सुरक्षा व्यवस्था कडाइ गरिएको सुरक्षा स्रोतले जनाएको छ।
.jpg'_'.2024-04-03.jpg)
पार्टी कार्यालय अनामनगरमा गत सोमबार नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठ र संरक्षक रेशम चौधरी पक्षका नेताहरूबीच कुटाकुट भएको थियो। प्रदेश सरकारबाट फिर्ता हुन दिएको निर्देशन पालना नगरेको भन्दै अध्यक्ष श्रेष्ठले प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री रहेकी समानुपातिक सांसद गिरीलाई हटाएकी हुन्।
.jpg'_'.2024-04-03.jpg)
उक्त निर्णयसहितको पत्र बोकेर रञ्जितानिकट पार्टीका संस्थापक केन्द्रीय सदस्य रामलाल डगौरासहितका नेता नियमित उडानबाट धनगढी आउँदै छन्। मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार विश्वासको मत लिँदै छन्।
.jpg'_'.2024-04-03.jpg)
.jpg'_'.2024-04-03.jpg)
.jpg'_'.2024-04-03.jpg)