पावर प्लेमा पिएनजीले ५३ रन जोड्दा चार विकेट गुमायो

बुधबार, ३० फागुन, २०८०
डिजिटल संस्करण

त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० शृंखलाको फाइनलमा नेपालविरुद्ध पपुवा न्युगिनी (पिएनजी) पहिलो पावर प्लेमा चार विकेट गुमाउँदै ५३ रन जोडेको छ।

हङकङको मोङकोकस्थित मिसन रोड क्रिकेट मैदानमा पिएनजीले कमजोर सुरुवात गरेको हो। युवा बलर आकाश चन्दले दुई ओभरमा दुई विकेट लिँदा नेपाललाई उत्कृष्ट सुरुवात गराएका हुन्। करण केसी र गुल्सन झाले एक विकेट लिएका छन्।

ओपनर टोनी उरा १६ बलमा २० रन बनाएर खेलिरहेका छन्। अर्का ओपनर सेसे बाउलाई करणले आकाश चन्दबाट डक गराए। आकाशले विकेटकिपर विनोद भण्डारीबाट कप्तान असाद भालालाई दुई रन बनाउँदा क्याच गराएका हुन्।

आकाशले दोस्रो विकेटको रूपमा करणबाट लेगा सिआकालाई दुई रनमा आउट गराए। गुल्सनले नाै बलमा दुई चौका र एक छक्का हिर्काएका हिरिहिरीलाई लोकेन बमबाट क्याच गराएका हुन्।
 

सुझावित समाचार