नेपालको समृद्धिमा योगदान अझ बढाउन एनआरएनलाई आग्रह

आइतबार, २७ फागुन, २०८०
डिजिटल संस्करण

नवनियुक्त उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई आग्रह गरेका छन् । उपप्रधानमन्त्रीले एनआरएनले अहिले पनि योगदान गरिरहेको भन्दै त्यसलाई अझ बढाउन आग्रह गरेका हुन् ।

एनआरएन अध्यक्ष डा. बद्री केसीसँग भएको भेटमा उनले यस्तो बताएका हुन् । उक्त अवसरमा डा। केसीले गैरआवासीय नेपाली संघको अभियान तथा संस्थागत विकासमा भएका प्रगति र समस्याका बारेमा जानकारी गराएका थिए । सरकारसँग विगतका दिनहरूमा जस्तै सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे ।

मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीले नेपालका लागि गरेको योगदानको चर्चा गर्दै आगामी दिनमा मिलेर काम गर्न मन्त्रालय सहयोगी हुने बताए । त्यस्तै, गैरआवासीय नेपालीका लागि नेपालको समृद्धिमा योगदानका लागि प्रशस्त सम्भावना रहेको र संघको अभियानका बारेमा आफू पूर्ण जानकार रहेको मन्त्री श्रेष्ठको भनाइ थियो । 

श्रेष्ठले एनआरएनएसँग मिलेर काम गर्न आफू सकारात्मक रहेको बताए । यसअघि गृह मन्त्रालय समालेका श्रेष्ठले पुनर्गठित मन्त्रिपरिषद्मा परराष्ट्र मन्त्रालयको जिम्मेवारी समालेका हुन् । उनीले बिहीबार रुसी समकक्षी लाभारोभसँग रुसी सेनामा अलपत्र परेका नेपालीको समस्याका बारेमा फोनवार्ता गरेका थिए । यसअघि गैरआवासीय नेपाली संघले रुसी सेनामा अलपत्र परेका नेपालीको उद्धार तथा सहयोगका लागि आग्रह गर्दै आएको थियो । 

See More On

सुझावित समाचार