महोत्तरीको गौशालामा ग्लोबल आइएमईको शाखा

आइतबार, २० फागुन, २०८०
डिजिटल संस्करण

ग्लोबल आइएमई बैंक लिमिटेडले महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५, गौशालामा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकको गौशाला शाखाबाट बिहीबारदेखि नै सम्पूर्ण बैंकिङ सेवा उपलब्ध हुनेछ । 

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको नयाँ शाखा कार्यालय सञ्चालनसँगै तीन सय ५६ शाखा कार्यालय, तीन सय ७९ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६५ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी एक हजार एक सयभन्दा बढी सेवा केन्द्र रहेका छन् । 

ग्लोबल आइएमई बैंकलाई सबैका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ४६ लाखभन्दा बढी ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गरी लाभान्वित गरिरहेको छ ।

सुझावित समाचार