नेपाल ‘ए’ विरुद्धको शृंखला क्यानडालाई

बिहिबार, १० फागुन, २०८०
डिजिटल संस्करण

निर्णायक खेलमा नेपाललाई चार विकेटले हराउँदै नेपाल ‘ए’विरुद्धको एकदिवसीय शृंखला क्यानडाले आफ्नो पक्षमा पारेको छ।

मूलपानी माथिल्लो मैदानमा क्यानडाले तीन खेलकोे शृंखला २–१ ले जितेको छ। पहिलो खेलमा क्यानडा चार विकेट तथा दोस्रो खेलमा नेपाल दुई विकेटले विजयी भएकाे थियो।

नेपालले प्रस्तुत गरेको १८२ रनको लक्ष्य क्यानडाले ३८.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गरेको हो। क्यानडाका लागि निकालेस किर्तनले ७७ बलमा ६ चौकाको मद्दतले अविजित ५८ रनको योगदान गरे। निखिल धलिवालले ३८, आरोन जोनसनले ३६, दिलप्रीत बजवाले १७, निखिल दत्तले १४ र श्रीमन्था विजयरत्नेले १० रन बनाए। नेपालका लागि सादब आलमले चार विकेट लिए। 

त्यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले ४६ ओभरमा सबै विकेट गुमाउँदै एक सय ८१ रन बनाएको थियो। 

नेपालका लागि आशुतोष घिरैयाले २८, अर्जुन कुमालले २७, बसिर अहमदले २५, कप्तान सन्दीप जोराले २४, सुजन थपलियाले २० तथा रासिद खान र प्रतिश जिसीले समान १९ रन बनाए। क्यानडाका लागि डिलोन हेलिगर, निकोलस किर्तन र हर्ष ठेकरले समान दुई विकेट लिए।

सुझावित समाचार